प्रदेश–१

प्रदेश १ को नीति तथा कार्यक्रम आज


काठमाडौँ — प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । नीति तथा कार्यक्रमका लागि प्रदेशसभाको बैठक आज दिउँसोका लागि बोलाइएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार कृषि तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइनेछ ।

असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ ।