Breaking

पैसाको लागि आमाले ‘टर्चर’ दिएको जी-बबको दाबी (भिडियोसहित)


काठमाडौँ — र्‍यापर जी-बबको आमा-बुबाले ‘एनटीएफ’ले जिबबलाई बन्धक बनाएर लागुऔषध खुवाइरहेको आरोपको खण्डन गरेका छन् । जिबब र ‘एनटीएफ’ को फाउन्डर निम्साङ मिडियामा आएर आरोपको खण्डन गरेका हुन् ।

योहो टेलिभिजनको कार्यक्रम पीवाईएल शोमा अन्तर्वार्ता दिँदै जी-बब र ‘एनटीएफ’ को फाउन्डर निम्साङले परिवारले लगाएको आरोप झुटो भएको दाबी गरेका छन् । कार्यक्रममा जिबबले आफ्नै आमामाथि गम्भीर आरोप लगाउँदै पैसाको लागि सधैँ र्‍याक गर्ने गरेको भन्दै अब आफू बालिग नभएकाले आफ्नो निर्णय आफै गर्न सक्षम रहेको बताए ।

‘आमालाई पैसा मात्र चाहिएको हो । मेरो पहिलादेखि नै सम्बन्ध ठिक छैन परिवारसँग । अहिले म चर्चित भएपछि पैसाका लागि आमाले किचकिच गरेका हुन् ।’

‘एनटीएफ’का फाउन्डर निम्साङले जिबब स्वैच्छिक रूपमा ‘एनटीएफ’ सँग आबद्ध भएको र दुबैबीच ७०/३० को सहमति भएको र सबैको ७० प्रतिशत पैसा जी-बबलाई दिएको उनले दाबी गरे । तर अस्ट्रेलिया टुर, ‘ए मेरो हजुर ४’ को बारेमा ‘एनटीएफ’सँग सहमति नभएको ‘एनटीएफ’का फाउन्डर निम्साङले बताए ।

आर्टिस्ट जी-बब भएकाले उनले जसलाई पेमेन्ट गर भन्ने हो उसैलाई दिने भन्दै उनले भने ‘जी-बबले आमालाई दिनु भन्यो भने हामी सबै दिन्छौँ । तर आमाले ले भनेर मात्र हुन्न । जिबबले भन्नुपर्छ ।’

जी-बबले अहिले पनि आफूले ड्ग्स लिने गरेको स्विकारे । तर आमाले भनेजस्तो हाइडोज नलिने उनको दाबी थियो । आफू रिह्याब र चिकित्सकको सम्पर्कमा निरन्तर रहेको र ट्रिटमेन्ट गरेर डोज घटाइरहेको उनले दाबी गरे ।

जी-बबले आफू घर नजाने बरु छुट्टै फ्ल्याट लिएर बस्ने भन्दै परिवारले ड्रग्स लिन्छ भनेर ब्ल्याकमेल गर्ने गरेको र आफूलाई पैसाका लागि आफ्नो मान्छेको रिह्याबमा लगेर राखेर जे मन लाग्यो त्यही गराउन चाहेको दाबी समेत गरेका थिए ।