Uncategorized

पाटन क्याम्पसमा नेवि संघको सर्व सहमतिमै कमिटी गठन


काठमाडौँ – नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पसको लामो समयदेखि रिक्त रहेको कमिटी सर्वसहमति रुपमै गठन भएको छ । पौष २२ गते नेवि संघ नेता तथा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका जिल्ला कार्यसमिति सदस्य विश्व लामाको प्रमुख अतिथ्यता एवम् ने.वि.संघका नेता छितिज इटानी को सभापतित्वमा बसेको बैठकले तारा शर्माको नेतृत्वमा सर्वसहमति रुपमै कमिटी गठन गरेको हो।

जसको उपाध्यक्ष मा लक्ष्मण भुसाल, सुशील बिस्ट, युबराज लामा, घनश्याम न्यौपाने लगाएत सचिव मा राजेस काफ्ले र कोषाध्यक्षमा पुजा श्रेष्ठ रहेका छन । लामो समय देखि ने.वि संघ पाटन क्याम्पसको कमिटी सर्वसहमत नै गठन गरि नेपाल भरिका आङिगक क्याम्पसमै एउटा उदाहरण भएको पुर्व ने.वि संघ सदस्य अनिल खनाल ले बताउनु भयो। त्यस्तै ने.वि संघ नेता विश्व लामाले नव गठित नेवि संघ पाटन क्याम्पसले विद्यार्थीको हकहितको लागि अझै अग्रसर रहेर काम गर्नेमा विश्वस्त रहेको बताउनु भयो।

यसैबिच अर्का नेता क्ष्तििज इटानीले नव गठित कमिटीलाई बधाइ एवम् सफलताको शुभकामनासहित उक्त कार्यक्रमलाई अन्त्य गर्नुभएको थियो।