Breaking

पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा विजयी


काठमाडौँ — नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । नेपाल पर्वतारोहण संघ एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ७३५ मतका साथ अध्यक्षमा शेर्पा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजेन्द्र मान श्रेयष्ठ ११२ मत प्राप्त गरे ।
संघको वरिष्ठ ठाकुरराज पाण्डे ४२८ मतका साथ विजयी भएका छन् । भने प्रथम उपाध्यक्षमा ४२० मत प्राप्त गरी आङ दावा शेर्पा विजयी भएका छन् । द्वितीय उपाध्यक्षमा ४८२ मत प्राप्त गरी दावा याङजुमा शेर्पा विजयी भइन् ।
त्यस्तै महासचिवमा मोहन लम्साल ४८९ मत प्राप्त गरी निर्वाचित भएका छन् । सचिवमा ५१२ मतका साथ धन बहादर गुरुङ र कोषाध्यक्षमा ३६० मत प्राप्त गरी मुक्ति पाण्डे विजयी भएको नवनिर्वाचित अध्यक्ष निमा नुरु शेर्पाले जानकारी दिनुभयो ।

त्यस्तै तरी सदस्यहरुमा आङदावा शेर्पा, किसान गुरुङ, सिङगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नाम्ग्यल जङबु शेर्पा, पासाङ दावा शेर्पा, दिनेस तामाङ, निमाडोमा शेर्पा र डोमा शेर्पा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत गोकुलप्रसाद बुर्लाकोटीले जानकारी दिनुभयो ।

पर्वतारोहीहरु सहभागी रहेको नेपालकै ठूलो संस्थामध्ये यस सङ्घले हाल नेपालका २७ वटा साना हिमालहरुबाट राजस्व सङ्कलन गरी व्यवस्थापन गर्दै आएको छ ।रेडबुकबाट चार जना छनौट हुने छ भने यसका लागि शनिबार (आज) निर्वाचन सुरु भएको छ ।

नयाँ नेतृत्व चयनका लागि शुक्रबार प्रज्ञा भवनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो।

सङ्घको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल एक हजार २१५ मतदाता रहेका थिए । अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको सङ्घले जनाएको छ।