पर्यटन

पर्यटकको पर्खाइमा सोलुखुम्बुको घ्याङखर्क

सगरमाथा मात्रै हैन सोलुखुम्बु


काठमाडौँ – सगरमाथा मात्रै हैन सोलुखुम्बु । पत्ताले र पिके मात्रै पनि हैन सोलुखुम्बु । सुन्दर मनोरम टाकुरा र छहराहरुको उच्चतम उपहारहरुले पूर्ण बनेको छ सोलुखुम्बु ।

घ्याङखर्क, सायदैले सुनेका छन् यो नाम । वाउ……यो पवित्र भूमी, आज दृश्यमा कैद भए । अझै अमिट बनेर कैद भए हाम्रो अन्तरहृदयमा ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ५ मा घ्याङखर्क पर्दछ । यहाँबाट खोटाङको सिमा पनि सुरु हुन्छ । समुन्द्री सतहबाट ३७०० मीटरको उचाई ।

यहाँबाट देखिएका चुचुराहरु महालङ्गुर हिश्रृङ्खला अन्तर्गतका पिकहरु हुन् । पहाडका यी चुचुराहरु सोलुखुम्बु, खोटाङ्ग, भोजपुर,उदयपुर, ओखलढुङ्गा समेटिएको भुगोल हो । यी दृश्यहरु एकसाथ हेर्न हर प्रकृती प्रेमीहरुको रोजाई बन्नु पर्छ घ्याङखर्क । त्यसैले हामी कस्सीयौँ तपाईँसम्म पुर्याउन ।

यहाँ बाट विश्वको तेस्रो अग्लो कञ्चनजंघा, मकालु, बरुञ्चे, मेरापिक, चारपाटे, कुसुम खाङ्करु, तबोचे पिक, खुम्व्युला, नुम्बर हिमाल लगाएत अनगिन्ती पिक र टाकुराहरु धित मर्नेगरी हेर्न सकिन्छ ।

अब मनमा खुल्दुली सुरु हुन्छ, कसरी जाने यहाँ ?
पहिलो दिन जिपबाट काठमाडौं धुलीखेल हुँदै खुर्कोटको बाटो प्रयोग गर्दै ओखलढुङ्गाबाट सोलुखुम्बु पुग्ने । जाँदै गर्दा पत्तालेबाट सगरमाथा सहितका दजृनौँ हिमालहरु आँखै अघी हेर्न सकिन्छ । सदरमुकाम सल्लेरीबाट सल्लेरी, नेले सम्म कालोपत्रे सडक प्रयोग गर्ने । त्यसपछि बुडिडाँडा, सोताङ हुँदै करिव ९ कच्ची मोटरबाटो प्रयोग गरे पछि वुङ्गमा पुन सकिन्छ ।

दोस्रो दिन बुङ,चाचालुङ्ग, लमदामा, लिप्सिदीम हुँदै करिव ३/४ घण्टाको पैदल यात्रा पछि शेर्पा समुदायको वाक्लो बस्ती नर्कुम, हिडन भिलेज पुगिन्छ । आज विशेष गरी कुलुङ समुदायको बाहुल्यता रहेको गाउँ वुङ्ग, छेस्काम ,गुदेल र चाचालुङ्गका सुन्दर बस्ती र यहाँका गुम्बा र छोर्तेन हेर्दै यात्रा गर्दा थकानको कुनै अनुभव नै गर्न पर्दैन ।

तेस्रो दिन नुर्कुम बाट करिब साढे २ घण्टा को पैदल यात्रा पछि गन्तब्यस्थल घ्याङ्खर्क पिक पुगिन्छ, मिल्छ एउटा स्वर्गिय आनन्द । त्यहाँबाट फर्किँदा अर्को बाटो आउन सकिन्छ । करिब ३ घण्टाको यात्रा पछि थुलुङ्ग दुधकोशी गाउँपालिकाको योनाम कुरीमामा पुगिन्छ । जहाँ विशेष गरी शेर्पा समुदायको बाहुल्यता रहेको छ ।

चौथो दिन योनाम, हरिसे, ऐंसेलुखर्का,कुविण्डे, विजुले, हुँदै करिव ४ घण्टाको जिप यात्रा पछि बौद्व र हिन्दु धर्मालम्वीहरुको प्रसिद्ध धार्मिक स्थल हलेसी महादेव दर्शन गर्न पुग्छौं । अनि यात्रा भरीका सुनौला यादहरुलाई संगालेर गाडीमा काठमाडोँ फर्कने । त्यहाँ पुगेर फर्किएपछि सबैले भन्नेछन् वाउ….. घ्याङखर्क, एक उत्कृष्ट पर्यटकीय गन्तव्य ।