कोरोना विशेष

पछिल्लो २४ घण्टामा थप २६ जनामा संक्रमण


काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ७८ जनाको परीक्षणमा २३ जना पीसीआर र ३ जनाको एन्टीजेनबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३७ जना संक्रमणमुक्त भएका छन् । एकैदिनमा ४१ हजार ४०७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।