Breaking

धादिङमा बस दुर्घटना हुँदा ३१ जना घाइते


काठमाडौँ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

काठमाडौँबाट रौतहट जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौँको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

बस सडकमै पल्टिएको छ । खाल्डाखुल्डीका कारण बस पल्टिएको प्रहरीको अनुमान छ ।