Breaking

धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङले लिए शपथ


काठमाडोँ — सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्क साम्पाङ राईले सोमबार शपथ ग्रहण गरेका छन् । स्थानीय तहको निर्वाचनमा दलीय उम्मेदवारहरुलाई पराजित गर्दै विद्रोही स्वभावको पहिचान बनाएका साम्पाङ स्वतन्त्रबाट विजयी भएका हुन् ।

धरानको चुनावी राजनीतिक इतिहासमा एमाले र कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै पहिलो पटक साम्पाङले स्वतन्त्र उम्मेदवारीमार्फत प्रमुख पदमा विजयी भएका हुन् । शपथ लिनका लागि इनरुवा पुगेका नवनिवार्चित प्रमुख साम्पाङलाई जिल्ला निर्वाचन प्रमुख अधिकृतसमेत रहेका सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका थिए ।

अब धरान प्रमुख साम्पाङले उपप्रमुखसहित वडाबाट निवार्चित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । धरानमा मेयर, उपमेयरसहित १०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् ।