Breaking

देउवा र ओली संसदको गरिमा मास्न उद्यत,६ वर्ष लामो इतिहासमा अवरोध, तोडफोड र मारपिटका घटनामा रेकर्ड


काठमाडौँ — आज असार १६ गते नेपालमा संसद दिवस मनाईएको छ । संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक बर्ष संसद दिवस मनाउने गरिन्छ। तर पछिल्लो समय संसदीयव्यवस्थाको सर्बोच्च थलो संसदको अवज्ञा गर्ने तथाराजनीतिक स्वार्थमाप्रयोग गर्ने क्रम बढेको छ । जवआफू सत्ताबाट बाहिरिन्छु भन्ने लाग्यो तत्कालिनप्रधानमन्त्री केपीशर्मा ओली संसद विघटन गरे । दुई दुई चोटि संसद विघटन गरेका ओलीको रिस यत्तिकैमा सेलाएन । आफूले कारबाही गरेका सांसदलाई सभामुखअग्नी सापकोटाले जोगाएको तथाएमाले फुटाउने काम गरेको भन्दै उनको पार्टीले संसद अवरोधमा रेकर्ड नै राख्यो । एकातर्फ संसद नै देख्न नसक्ने अर्कातर्फ अदालतले ब्युताईदिएको संसद पनिअवरोध गर्ने कामएमालेले गर्यो ।

स्थानीयतहको नतिजामा साईजमा ल्याइदिएपछि ९ महिने संसद अवरोध खोलेको एमालेलेन अवरोधको औचित्य पुष्टि गर्न सक्यो न संसद खोल्नुको नै । यता कोहि सांसदको कारबाहीको सुचना केहि घण्टामै टास गरेको सभामुख सापकोटाले एमाले सांसदको विषयमा समय लगाउनु पनिसंयोगका रुपमामात्र हेर्न सकिँदैन । एमसीसीका विषयमा सभामुखले लिएको अडान पनि राजनीतिक स्वार्थ केन्द्रीत बढि देखिएको थियो । पार्टी फुट्न सहजताकै लागि संसद भंग गरेर अध्यादेश ल्याउने शेरबहादुर देउवाको कार्य पनि संसदीय मर्यादा विपरित कै गतिविधिथियो भने अमेरिकी शैन्य सहयोग स्टेटपार्टनरसिप प्रोगाम एसपीपीका विषयमा संसद छल्न देउवाले गरेका हर्कतले पनि संसदीयमर्यादाकै धज्जी उडाएको थियो ।

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीति र सांसदहरुले उठाएका प्रश्नको जवाफ देउवाले दिनुपर्ने थियो । जुन यसअघिदेखि नै संसदमामागभइरहेको छ । त्यो भन्दानि संवेदनशीलविषय अमेरिकाबाट प्रस्तावित एसपीपीका विषयमा प्रधानमन्त्रीको आधिकारिक धारणा मागगर्नसमितिले छलफलमा बोलाएकोथियो ।तर संसदीय समितिमाथि देउवाले अनिच्छा देखाएपछि छलफलमा सहभागि सांसदहरुबीचचर्काचर्कि प¥यो । एमाले सांसद भीम रावलले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर खेद प्रस्तावपारित गर्न मागनै गरेका थिए।

प्रधानमन्त्रीको अनुपस्थितिलोकतन्त्र र संसदीय प्रणाली प्रतिकुलभएको भन्दै एमाले सांसद ईश्वर पोखरेलले निर्णयको खेस्रा तयार पारे । समिति सभापतिले त्यहीँ निर्णय मस्यौदा गर्न पठाएपछि काँग्रेस र एमाले सांसदबीचविवाद सुरु भयो । हुनपनिओलीप्रधानमन्त्रीहुँदा ३ बर्ष समितिमाउपस्थित गराउननसक्नेले देउवालाई प्रश्नगर्ने नैतिकतापनिथिएन । संसदको निकम्मापननिलम्बितप्रधानन्याधीस चोलेन्द्र समशेर जवराको महाअभियोग प्रस्तावको विषयमासत्ताघटकले देखाएको व्यवहारमा समेत छर्लङ भएको छ । यहिवीचमानेपालीकांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद निरंकुश सत्ताचलाउनचाहनेका आँखाको कसिंगर हुने गरेको बताएका छन् । संसद जनताको घाँटीमा अड्केको वाणीलाई व्यक्तगर्ने माध्यमभएपनिहुकुमीशासनचलाउनेहरूलाई संसद मन नपर्ने उनको भनाई छ ।

संसदप्रति सांसदहरुको वेवास्ताउनीहरुले उपस्थितीले समेत प्रतिविम्बितगर्ने गरेको छ । देशकै भविष्यकालागि महत्वपूर्ण स्वास्थ्य, शिक्षा, रोजगारी, गरिबीनिवारण, वातावरण, प्रशासन, वैदेशिक सम्बन्धजस्ताविषयमाअध्ययनगर्ने प्रतिष्ठानसम्बन्धीविधेयकगणपूरक संख्यानपुगेकै कारण पास भएन। यसरी जननिर्वाचितप्रतिनिधिसभालाई उपेक्षागर्नेमाप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्र्रधानमन्त्री केपीशर्मा ओली सबैभन्दा अगाडि छन । जनजीविकाका सवालउठाईने थलो उनीहरुकालागि केवलभत्तापचाउने माध्यमबाट बनेको छ । जसलाई उनीहरु अन्तराष्ट्रिय अभ्यासकै रुपमाअथ्र्याउन पछि पर्दैनन् ।

प्रदेश सभाहरुको अवस्थापनिउस्तै छ । प्रदेश नं १ प्रदेशसभामाप्रदेश सरकारले पेश गरेको विनियोजन विधेयक २०७९÷०८० माथिको छलफलका क्रममामुख्यमन्त्री राजेन्द्रकुमार तथाआर्थिक मामिलातथायोजनामन्त्रीइन्द्रबहादुर आङ्बो नै अनुपस्थितथिएनन् ।सांसद सर्वध्जन साँवाले यसविरुद्ध गरेको व्यङ्ग्यभाईरल नै बनेको छ । उता गण्डकी र कर्णालीको प्रदेश सभापनि अवरुद्ध कै अवस्थामा रहेको छ । जसले जनप्रतिनिधीको थलोमाथि सत्ता,राजनीतिकदल र नेताहरुको बुझाई प्रष्ट पारिरहँदानेपालको ६ दशकलामो संसदीयइतिहासमा संसद अवरोध, तोडफोड र मारपिटका घटनाहरुको रेकर्ड नै बनेको छ । २०४८ सालपछि निर्वाचितप्रतिनिधिसभाका कैयौं बैठकमा माइकफोड्ने, कुर्सी–टेबल भाँच्नेदेखि सभामुख, उपसभामुखमाथि नै जाइलाग्नेसम्मका घटना भएकाउदाहरणहरु समेत छन ।