अटो

‘टीभीएस रेडर’ मोटरसाइकलको बुकिङ खुल्ला



काठमाडौँ – शंकर ग्रुपअन्तर्गत जगदम्बा मोटर्स प्रालिले नयाँ ‘टिभिएस रेडर’ मोटरसाइकलको बुकिङ आइतबारदेखि बुकिंग खुल्ला गरिएको छ। मोटर्सले टिभिएस मोटर कम्पनीको १२५ सीसीको रेडर सार्वजनिक गरेसँगै बुकिङ खुला भएको हो।

उक्त स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधा उपलब्ध छन्। मोटरसाइकल बोल्ड डिजाइनमा रहेको कम्पनीले बताएको छ।

जसमा विशेष लोगोको प्रयोग गरिएको छ। उक्त मोटरसाइकलमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिले मस्कुलर लुक्स प्रदान गरेको छ। दैनिक राइडका लागि निकै सजिलो छ।

रेडरमा १२४.८ सीसी एयर तथा आयल कुल्ड अत्याधुनिक थ्रीभी ईञ्जिनको प्रयोग गरिएको छ। यसले ६,५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ। मोटरसाइकलल ० देखि ६० किलो मिटर प्रतिघण्टाको एक्सिलिरेशन मात्र ५‍.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ।

यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्शन फ्रण्ट सस्पेन्शन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ इञ्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरिएको छ। जसले मोटरसाइकल नियन्त्रणमा सहजता थप्नेछ।

यसमा जडित हाई टेक ग्याजेट, रिभर्स एलसीडी डिजिटल स्पिडोमिटर अत्याधुनिक छन्। स्विट्च क्लस्टर, फूटपेग्स लगायत मेकानिकल बिवरणहरु प्रयोगात्मक सहजता र सुविधालाई विशेष ध्यानमा राखि डिजाइन गरिएका छन् । रेडर स्ट्राइकिंग रेड, ब्लेजिंग ब्ल्यू, विकेड ब्ल्याक र फियरी यल्लो गरी चार आकर्षक रंगमा उपलब्ध छ।