अटो

टिभिएस ग्राण्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा सुरु हुँदै


काठमाडौँ – नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले असोज ६ गतेबाट ६ दिनका लागि टिभिएस ग्रान्ड एक्स्चेन्ज मेलाको आयोजना गर्ने भएको छ ।

भृकुटीमण्डपमा सम्पन्न हुन लागेको उक्त मेला असोज ६ गते बाट १२ गतेसम्म ६ दिनसम्म आयोजना हुने छ । यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन् ।

यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप रु. १०, ००० सम्म मुल्याङ्कन पाउने छन् भने नयाँ सवारी खरिदमा रु १२, ००० सम्मको आकर्षक छुटको समेत व्यवस्था रहेको छ ।

यसएक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर माबजार मूल्य भन्दा थप रु. १०, ००० सम्ममुल्याङ्कन पाउनेछन् । त्यस्तै नयाँ सवारीखरिद नगरी १ लाखसम्म र किनिसके पछि रु.१०,००,०००सम्मको आकर्षक उपहार प्राप्त गर्नस क्नेछन्,

यसैगरी ० प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ । यस अफरमा प्रि- बुकिङ् गरे मात्र पनि ग्राहक हरुको लागि रु २,००० बराबरको आकर्षक उपहारको व्यवस्था गरिएको छ ।

यस योजनाको मुख्य आकर्षणको केन्द्र भनेको चाहिं एक्सचेन्जमा ईएम्आइ अफर रहेको छ, जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इएम्आइको सुरुवाती दर ५,९९९ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्ने छन् ।

यस मेलामा ग्राहकले टेस्ट राइड मात्र गर्दा खेरि समेत बिभिन्न आकर्षक स्यरसट उपहारहरु सहित बम्पर उपहार स्वरुप थाइल्याण्ड भ्रमण प्याकेज प्राप्त गर्नेछन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।