Breaking

छुटेकाहरूको मतदाता नामावली काठमाडौँबाटै दर्ता गर्न सकिने


काठमाडौँ — असार १ गते (आज) देखि मतदाता नामावली संकलन कार्य पुनः सुरु हुने भएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कक्ष स्थापना गरी नामावली संकलन गरिने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै काठमाडौँ जिल्ला बाहेकका नागरिकको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालय अनामनगरमा सम्पर्क गर्न आग्रह गरेको छ । काठमाडौँ बाहिरका नागरिकले पनि काठमाडौँबाटै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।