Breaking

केटु आरोही शेर्पालाई योहो टेलिभिजनको झन्डा हस्तान्तरण


काठमाडौँ – विश्व सर्वोच्च शिखर सगरमाथापछिको दोस्रो उच्च शिखर माउन्ट केटु हिमाल आरोहण गर्न लागेका आरोही दावा वोङछु शेर्पालाई योहो टेलिभिजनलको झन्डा हस्तान्तरण गरिएको छ ।
विश्वको दोस्रो उच्च शिखर माउन्ट केटु हिमाल आरोहण गर्न लागेका आरोही दावा वोङछु शेर्पालाई योहो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले योहो टेलिभिजनको लोगो अंकित झण्डा हस्तान्तरण गन भएको हो ।

सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपाका- ४ पाङबुचे दावा वोङछु शेर्पालाई आज मंगलबार योहो टेलिभिजनको कार्यालयमा भएको एक कार्यक्रमकाबीच एभरेष्ट ब्रोडकास्टिङ तथा योहो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले योहो टेलिभिजनको लोगो अंकित झण्डा हस्तान्तरण गर्दै सफल आरोहणको शुभकामना दिनुभएको हो ।

८ हजार ६ सय ११ मिटरको उचाइमा रहेको केटु हिमाल आरोहण गर्न भोलि बुधुबार 8k expedition माफर्ता काठमाडौँबाट पाकिस्तान प्रस्थान गर्ने भएको छ ।

माउन्ट केटु हिमालको उचाइ आठ हजार ६ सय ११ मिटरमध्ये हिमालको ६ हजार मिटर उचाइसम्म चट्टानी हिमाल छ भने त्यसपछि बाक्लो हिउँ छ । यो शिखर चीन र पाकिस्तान सीमा काराकोरम क्षेत्रमा अवस्थित छ ।

जानकारहरूका अनुसार सगरमाथाभन्दा यो दुई सय ३७ दशमलव ८६ मिटर होचो छ, तर आरोहणका लागि सगरमाथाभन्दा धेरै कठिन छ । ‘पाइला–पाइलामा हिमपहिरोमा परिने जोखिम हुन्छ । आँधीसरि हावा बहन्छ । दैनिक दुईदेखि तीन घन्टा मात्रै आरोहणका लागि सहज हुन्छ, बाँकी समय बाटोभरि हिमपहिरो, हिमआँधी आइरने आरोही बताउ छन् । केटु हिमाललाई किलर माउन्टेन संज्ञा दिइएको छ । २६ पटक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पाले भन्ने गरेका छन् । ‘केटु हिमाल आरोहण पृथ्वीकै सबैभन्दा कठिन तथा खतरनाक काम हो ।’

माउन्ट केटुको आधार शिविर समुद्री सतहबाट पाँच हजार एक सय १७ मिटर उचाइमा छ । आधार शिविरबाट अगाडि चारवटा क्याम्प पार गर्दै उचाइतर्फ पाइला चाल्नुपर्छ । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसको अर्को वर्ष इटालीका आरोही अकिले कोम्पानियोनी र लिनो लाछिडेल्लीले पहिलोपटक केटु आरोहण गरेका थिए ।

दावा वोङछु शेर्पाले ६ पटक सगरमाथाको आरोहण गरिसकेका छन् । आमादब्लम हिमाल १ पटक, मनास्लु २ पटक, चोय २ र अन्य साना पिकहरु आरोहण गरिसकेका छन् । सोलुखुम्बुको पाङबुचे गाउँमा जन्मेका दावा वोङछु शेर्पा १७ वर्षको उमेरदेखि हिमाल आरोहणमा काम गर्न थालेका हुन् । हालसम्म उनले धेरै विदेशीलाई हिमालका शिखरसम्म पुर्‍याइसकेका छन् ।

यसअघि योहो टेलिभिजनको लोगो अंकित झण्डा ओङड शेर्पाले सगरमाथामा, आङमाया शेर्पाले युरोपको सर्वाधिक अग्लो हिमाल एल ब्रुस र आरोही छिरिङ नाम्गेल शेर्पाले विश्वको आठौँ अग्लो र नेपालको सातौं अग्लो मनास्लु हिमालमा योहो टेलिभिजन झण्डा फहराइसकेका छन् ।