Breaking

काठमाडौंमै गठबन्धनलाई चुनौती, काँग्रेसका सभापति भन्छन मेयर र वडाध्यक्ष छोडदैन


काठमाडौँ — सत्ता गठबन्धन आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्न तयार भएपनि प्रमुख सत्ता घटक काँग्रेसभित्र यसको खुलेर विरोध सुरु भएको छ । तालमेलवारे केन्द्रले निर्णय लाद्न खोजे विद्रोह हुने भन्दै तल्लो तप्काबाट नेताहरुले शीर्ष नेतृत्वको ध्यानकर्षण गराइरहेका छन् । चुनावी तालमेलवारे स्थानीय तहलाई नै निर्णय गर्न दिनुपर्ने मतभेद कायम रहेकै बेला प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेर बहादुर देउवा गठबन्धनको पक्षमा उभिए । देउवाकै अडानले गठबन्धन गरेरै निर्वाचनमा जाने निष्कर्षमा कांग्रेस पुग्यो । शीर्ष नेतृत्वको यो निर्णय अहिले कांग्रेस नेताहरुका निल्नु न ओकल्नु बनेको छ ।

केन्द्र र तल्लो तहबीच द्धन्द सुरु भएको छ । क्रमश आफ्नो पकड भएको सबै स्थानीय तहमा कांग्रेस तालमेलको विपक्षमा देखिन्छ । विराटनगर, भरतपुर हुँदै यो छनक काठमाडौमा पनि प्रष्ट देखिन्छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौमा कांग्रेसको राम्रो पकड छ । फलत मुख्य पदहरुमा कांग्रेसकै नेताहरु आकाक्षी छन । वडा, नगरपालिकाको प्रमुख पदमा सकेसम्म कांग्रेसले पाउनुपर्ने उनीहरुको धारणा छ । उम्मेदवार तय गर्दा स्थानीय अवस्थाको विश्लेषण सहितपार्टीको मतभारका आधारमा गर्नुको विकल्प नभएको स्थानीय नेताहरुको तर्क छ । गठबन्धनको प्रमुख उदेश्य एमाले हराउनु रहेकाले नेतृत्व र गठबन्धनमा रहेका स्थानीय नेताहरुले पनि उम्मेदवार सिफारिस गर्दा हेक्का राख्नुपर्ने नेताहरुको भनाई छ ।

गठबन्धनका नाममा केन्द्र वा जिल्लाले निर्णय लाद्न खोजे मान्य नहुने नेताहरु बताउँछन । गठबन्धनको विकल्प नखोज्ने तर पार्टीको हैसियत र मतभारकै आधारमा हुनु पर्ने विषयमा जिल्लाले सहि मुल्याङकन् गर्नुपर्र्नेे नेताहरुको सुझाव छ । तल्लो तहको नेताहरु मात्र होइन कतिपय केन्द्रिय नेताहरु नै केन्द्रले चुनावी तालमेल लाद्न नहुने पक्षमा छन । स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको हुँदा गठबन्धनका दलहरुबिच स्थानीय स्तरमा कुरा मिलेमा मात्रै तालमेल हुने अन्यथा आ–आफु निर्वाचन लड्ने महामन्त्री गगन थापाले प्रष्टाएका छन ।

चुनावी तालमेलका सवालमा काठमाडौमा मात्र नभई अधिकांश स्थानीय तहमा नेपाली कांग्रेस र गठबन्धनको ढाँचा बाझिएको छ । यस्तो अवस्थामा कांग्रेसले कसरी गठबन्धनभित्र पनि आफ्नो साख जोगाउँछ त भन्ने चासोको विषय बनेको छ ।