कर्णाली

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन आज


काठमाडौँ — कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ ।

प्रदेशसभा सचिवालयले आज (बुधबार) अधिवेशन आह्वान गरेको हो । सोही अनुसार संसद बैठक दिउँसो ३ बजे बस्ने सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेका थिए ।

प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काका अनुसार बैठकबारे कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई सूचना गरिएको छ ।

यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मंसिर १४ बोलाइएको बैठक प्रतिपक्षी दल नेकपा (एमाले) उपस्थिति नभएका कारण मंसिर १५ गते प्रदेशसभा बैठक बसेको थियो ।