Breaking

एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग


काठमाडौं — नेकपा एमाले सांसद भीमबहादुर रावलले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् । बिहीबार काडमाडौंमा आयोजित कार्यक्रममा सांसद रावलले पत्र पठाए–नपठाएको जनताले थाहा पाउनुपर्ने बताए । देशव्यापी विरोधपछि एसपीपी रोकिएको भन्दै उनले भने, त्यो पत्र निसंकोच बाहिर ल्याउनुपर्छ ।

अमेरिकालाई लेखेको पत्र नेपाली जनताले थाहा पाउनुपर्छ । पूर्वमन्त्री समेत रहेका रावलले गठबन्धन सरकारले बाह्य हस्तक्षेपलाई खुला छाडेको आरोप लगाए । ७ भन्दाबढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म सरकार कानमा तेल हालेर बसेको भन्दै उनले भने, ६ देखि ७ देशमा शरणार्थीहरु नेपालमा आएर धर्ना दिइरहेका छन् । एउटा विदेशी कपाल खैरो, छाला गोरो भएकी एउटा महिलाले बोलिरहेको देखेँ ।