समाचार

आदर्श लघुवित्तको आईपीओ बिक्री खुला


काठमाडौँ – आदर्श लघुवित्तले आजदेखि कार्यालय समयबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ ।

कम्पनीले ६७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ । यस मध्ये ५ प्रतिश अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र ० दशमलव ५ अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा असार ६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार १५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।