Breaking

आजदेखि निजी गाडी आयात गर्न नपाइने


काठमाडौँ – अब निजी सवारीसाधन आयात गर्न नपाइने भएको छ । उच्च आयातकै कारण भुक्तानी सन्तुलन निकै नकारात्मक बनेको र विदेशी विनिमय सञ्चिति घट्दै गएको भन्दै सरकारले निजी सवारीसाधन आयातमा रोक लगाएको हो ।

सोमबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई निजी गाडी आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न मौखिक निर्देशन दिएको हो ।

अत्यावश्यकबाहेकका केही वस्तुको आयातलाई निरुत्साहन गर्ने नीति लिएको राष्ट्र बैंकले आयातमा थप कडाइ गरेको हो ।

राष्ट्र बैंकको निर्देशनबमोजिम आज मंगलबारदेखि निजी गाडीका लागि एलसी खोल्न बन्द गरिएको एक बैंकका सीईओले बताएका छन् ।